फुटबल
नेपालले खायो बंगलादेशको एक गोल, तस्बिरमा हेर्नुहोस् साफ यू–२० को फाइनल
बुधबार, १२ भदौ २०८१, १५ : १९
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलको पहिलो हाफमा बंगलादेशले १–० गोलको अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडीले फ्रिकिकमार्फत गोल गरेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफको अन्तिम समयमा बंगलादेशले गोल गर्दै अग्रता लियो ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । बंगलादेशले भने दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराएको थियो ।
नेपाल र बंगलादेश एउटै समूहबाट प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएको थियो ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण