पश्चिम बंगालले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने
नयाँ दिल्ली । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनबिच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छिन् ।
‘आगामी साता संसद्को बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छाैं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ । यो विधेयक स्वीकृत गरेनन् भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौं । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ उनले भनेकी छिन् ।
कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ । मंगलबार विद्याजीहरूले राज्य सचिवालय अर्थात् नबन्ना भवनसम्म विरोध जुलुस निकालेका थिए । सो र्यालीका क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । यस मामिलामा ममताको राजीनामाको माग बढिरहँदा उनको यो अभिव्यक्ति आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण