बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता
काठमाडौँ । सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबिच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धी दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सहमति पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दूतावासका विकास निर्देशक तथा उपराजदुत पीपा बिर्डले हस्ताक्षर गरे ।
सम्झौताअनुसार वर्षा कार्यक्रमका लागि ३८.५ मिलियन अमेरिकी डलर (नेपाली ६ अर्ब ५० करोड)को रकमको रहेको छ । दोस्रो लैङ्गिक तथा मानव विकास अभिवृद्धि गर्नेका लागि ३८.८ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ६ अर्ब ५८ करोड) सहयोग गर्ने सम्झौता भएको छ । यी कार्यक्रमहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा मानव पुँजी निर्माण र आधारभूत सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण