नेपालको पोस्टमा बंगलादेशको तेस्रो गोल, घरेलु समर्थक निराश
काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको नेपाल र बंगलादेशबिच जारी फाइनल खेलमा बङ्गलादेशले तेस्रो गोल गरेको छ । बङ्गलादेशले तेस्रो खेल निर्धारित समयको ७१औँ मिनेटमा गरेको हो । बङ्गलादेशले लगातार तीन गोल गरेपछि नेपाली समर्थक निराश बनेका छन् ।
खेलको पहिलो हाफमै बङ्गलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।
पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बङ्गलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा बङ्गलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल गरेको थियो । बंगलादेशका लागि दोस्रो गोल ००० ले गरे ।
नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै फाइनलमा पुगेको हो । बङ्गलादेशले भने दोस्रो सेमिफाइनल खेलमा भारतलाई हराएको थियो ।
नेपाल र बंगलादेश एउटै समूहबाट सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ मा नेपाल विजेता र बंगलादेश उप–विजेता बनेका थिए । समूहगत चरणमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण