अविरल वर्षाका कारण गुजरातमा १६ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको गुजरात राज्यमा विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण कयौँ क्षेत्र डुबानमा परेका छन् । सौराष्ट्र र मध्य गुजरातमा विगत ४८ घण्टादेखि वर्षाको तीव्रता र अनुपातमा कमी नआएपछि धेरै गाउँ र सहर टापुमा परिणत भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा भारी वर्षाका कारण दुई दिनमा १६ जनाको मृत्यु भएको छ । बाढीका कारण यहाँका धेरै क्षेत्रमा मानिसहरू अलपत्र परेका छन् ।
राजमार्गमा सवारीसाधनको लामो लाइन देखिएको छ । मुसलधारे वर्षाले सौराष्ट्रका खासगरी द्वारका, जामनगर, पोरबन्दर, मोरबी, जुनागढ र राजकोट जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ । भारी वर्षाका कारण मलिया नजिक राष्ट्रिय राजमार्ग भत्किएको छ । वर्षाले नदीमा पानीको बहाव निकै बढेको छ । खोलाको पानी आसपासका क्षेत्रमा पसेपछि मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।
गुजरात सरकारका अनुसार भारी वर्षाका कारण अहिलेसम्म २३ हजार ८७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बडोदरा र जामनगरमा उद्धारका लागि वायुसेना तैनाथ गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट १ हजार ६ सय ९६ जनालाई विस्थापित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण