फ्राईडे रिलिज : हलमा ‘वर एन्ड वधु’

काठमाडौँ । आज (शुक्रबार)बाट फिल्म ‘वर एन्ड वधु’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘वर एन्ड वधु’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका हल यो फिल्मले मात्र पाएको छैन । किनभने कतिपय स्टेसन अघिल्लो साताको फिल्म ‘सतीदेवी’ले पनि कब्जा गरेको छ ।
फिल्म ‘वर एन्ड वधु’ले मल्टीप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले प्रदर्शन पूर्व पोखरा र काठमाडौँमा प्रिमिएर समेत गरेको थियो । प्रिमिएर राम्रो प्रतिक्रिया पाएको फिल्मको अग्रिम टिकट बुकिङ भने उत्साहजनक देखिएको छैन ।
मिलन चाम्सले निर्देशन गरेको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रवीन्द्र खड्का, हिमेश पन्त लगायतको अभिनय छ ।
जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको डीओपी, प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्डरले फालको एउटै बलले दुवैतर्फको स्टम्प ढलेपछि ...
-
९ दिनयता महासचिव वैद्यको आईसीयूमा उपचार हुँदै
-
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध
-
दुई वर्षमा साढे तीन लाख पर्यटकले चढे लुम्बिनी केबलकार
-
ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
शिलान्यासमै सीमित भए गण्डकीका अस्पताल