फ्राईडे रिलिज : हलमा ‘वर एन्ड वधु’
काठमाडौँ । आज (शुक्रबार)बाट फिल्म ‘वर एन्ड वधु’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘वर एन्ड वधु’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका हल यो फिल्मले मात्र पाएको छैन । किनभने कतिपय स्टेसन अघिल्लो साताको फिल्म ‘सतीदेवी’ले पनि कब्जा गरेको छ ।
फिल्म ‘वर एन्ड वधु’ले मल्टीप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले प्रदर्शन पूर्व पोखरा र काठमाडौँमा प्रिमिएर समेत गरेको थियो । प्रिमिएर राम्रो प्रतिक्रिया पाएको फिल्मको अग्रिम टिकट बुकिङ भने उत्साहजनक देखिएको छैन ।
मिलन चाम्सले निर्देशन गरेको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रवीन्द्र खड्का, हिमेश पन्त लगायतको अभिनय छ ।
जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको डीओपी, प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण