आप्रवासनमा कडाइ गर्ने ह्यारिसको वाचा
वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपतिमा निर्वाचित भए आप्रवासनमा कडाइ गर्ने वाचा गरेकी छिन् ।
इजरायललाई हतियार दिने कुरामा आफ्नो पूरा समर्थन रहेको पनि उनले बताइन् । डेमोक्रेटिक पार्टीबाट आगामी निर्वाचनका लागि राष्ट्रपतिको उमेदवार बनेपछि एउटा मुख्य समाचार संस्थासँगको पहिलो अन्तरवार्ताको क्रममा ह्यारिसले यस्तो अभिव्यक्ति दिएकी हुन् ।
सीएनएनका एङ्कर डाना बाशसँगको कुराकानीमा ह्यारिसले यी मामिलामा धारणा दिँदै उनले राष्ट्रपति बनेपछि आफ्नो नीतिगत अडानबारे अमेरिकीहरूलाई केही भएपनि प्रष्ट पारेकी छिन् । यसअघि आगामी निर्वाचनमा उनका कट्टर प्रतिद्वन्द्वी ट्रम्पले कुनै अन्तरवार्ता नदिएको र अमेरिकी जनतालाई ढाटिरहेको भन्दै ह्यारिसको खेदो खनेका थिए । अन्तरवार्तामा उनले सीमामा कडाइ गर्ने र अनधिकृत रूपमा सीमा पार गरेर आउनेहरूलाई ‘डिल’ गर्ने वाचा गरेकी छिन् ।
इजरायललाई राष्ट्रपति जो बाइडेनले गरेको दृढ समर्थनलाई उनले समर्थन गरेकी छिन् । गाजामा धेरै प्यालेष्टिनीहरूको मृत्यु भइरहेको भन्दै डेमोक्रेटिक पार्टीभित्रै इजरायललाई हातहतियार पठाउनेबारे पुनर्विचार गर्नुपर्ने माग उठिरहेको छ । तर ह्यारिसले यो मागलाई अस्वीकार गरेकी छिन् । इजरायल बलियो हुनुपर्छ भन्ने कुरालाई आफूले समर्थन गर्ने भएपनि गाजामा युद्धविरामका लागि जसरी भएपनि सम्झौता गराउनै पर्नेमा उनले जोड दिएकी छिन् ।
अन्तरवार्तामा ह्यारिसको साथमा उपराष्ट्रपतिको पदमा उठेका मिनेसोटाका गभर्नर टिम वाल्ज पनि थिए । आफूले जितेमा आफ्नो मन्त्रीपरिषद्मा रिपब्लिकन दलको एक जनालाई मन्त्री बनाउने पनि ह्यारिसले बताइन् । केही महत्त्वपूर्ण निर्णय फरक धारणा र अनुभवबाट गर्नु जरुरी भएको उनको भनाइ थियो । यो अमेरिकी नागरिकका लागि फाइदाजनकै हुने आफूलाई लागेको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण