मुख्यसचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै सचिव भट्टराईले पनि दिए राजीनामा
शुक्रबार, १४ भदौ २०८१, २१ : ३०
काठमाडौँ । मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार उनले दिएको राजीनामा स्वीकृत पनि भएको छ।
यसअघि योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएको थियो। उनीहरू असन्तुष्ट हुँदै राजीनामा दिएका हुन्। ज्ञवाली पहिलो र भट्टराई दोस्रो वरियतामा थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण