क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेससँग ७ बुँदे सहमति भएको हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेस गठबन्धनको सरकार बन्नु अघि क्याप्टेन रामेश्वर थापाको घरमा ७ बुँदे सहमति भएको खुलाएका छन् । शनिवार काठमाडौँमा थापाले लेखेको पुस्तक विमोचनका क्रममा देशमा अस्थिरता भएकोले थापाको सहयोगमा उनको निवासमा देशलाई स्थिरतामा लाने सहमति भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘यसपटक पनि शेरबहादुर जी र मलाई...देशमा साह्रै अस्थिरता भो, देश अगाडि बढ्न सकेन, देशलाई स्थिरतातिर लैजाऊँ भन्ने सरसल्लाह गरेर ७ बुँदे निष्कर्षमा त्यही सही गर्या हो, उहाँ क्याप्टेन रामेश्वरकै निवासमा । ती चिजहरूमा उहाँले सकारात्मक दृष्टिकोण राख्नुभएको हो ।’
प्रधानमन्त्रीले ओलीले क्याप्टेन थापाले एमाले नफुटोस् भन्ने चाहाना राखेर निकै पहल गरेको पनि कार्यक्रममा सुनाए । नेपालको शान्ति प्रक्रियाका लागि थापाले भूमिका खेलेको भन्दै थापाको प्रशंसा गरे । मिडिया, हवाई उद्योगमा लगानी भए पनि नेपालको राजनीति राम्रो होस भनेर थापाले चाहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण