झापामा दुई जनासहित ६ जना मृत फेला
शनिबार, १५ भदौ २०८१, १७ : २२
काठमाडौँ । काठमाडौँ र झापासहित देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित कालिमाटी चोक नजिक सडक पेटीमा काठमाडौँ चन्द्रागिरी नगरपालिका-१४ घर भएका ५६ वर्षीय बिर सिंह राना मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, गौरादह नगरपालिका-६ शिवजी चोकमा सोही नगरपालिका-७ गछीयामारी टोल बस्ने ४० वर्षीय दुर्गे हस्दा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी झापा, बिर्तामोड नगरपालिका-५ मुक्तिचौकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, सम्मरीमाई गाउँपालिका-३ पिप्रहवा बस्ने सन्तोष चमारको छोरा १६ वर्षीय विरू चमार सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-२६ आदर्श टोलस्थित घाँसे झाडीमा सोही ठाउँ बस्ने ६३ वर्षीय शुक बहादुर महतो शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, भिमदत्त नगरपालिका-११ चौकीसत्तास्थित दश गजामा जमेको पानीमा सोही नगरपालिका-५ शुकासाल बस्ने ७१ वर्षीय श्यामु दमाइ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण