‘रहस्यमय ज्वरो’ ले बिहारमा तीन दिनमा तीन बच्चाको मृत्यु
पटना । भारतको बिहार राज्यको अररिया जिल्लाको रानीगञ्ज गाउँमा पछिल्ला तीन दिनमा ज्वरोका कारण तीन बालबालिकाको निधन भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चिकित्सा विज्ञहरूले मृत्युको कारण पत्ता लगाउने कोसिस गरिरहेका छन् ।
बालबालिकाको मृत्यु ‘एक्युट इन्सेफलाइटिस सिन्ड्रोम’ (एईएस)का अर्थात् मस्तिष्क ज्वरोका कारण भएको आशङ्का गरिएको छ । मर्नेमा ४ वर्षको बालक, ७ वर्षकी बालिका र २ महिनाको बालक छन् ।
शनिबार, आइतबार र सोमबार गरेर ज्वरोका कारण बालबालिकाको मृत्यु भएपछि गाउँ नै त्रस्त बनेको छ । मृत्यु हुनुअघि बालबालिकाहरूमा खोकी–ज्वरो र निमोनिया जस्ता लक्षण देखिएको बताइएको छ ।
गाउँका अन्य बालबालिकामा पनि यस्ता लक्षण देखिएका छन् कि भनेर चिकित्सकहरूको एउटा टोली खटाइएको छ । जिल्लाका सिभिल सर्जनहरूले पनि स्थितिको निगरानी गरिरहेका छन् ।
बालबालिकाहरूको अन्तिम संस्कार गरिसकेकोले मृत्युको सही कारण पत्ता लाग्न नसकेको समाचारमा उल्लेख छ । सो गाउँमा अन्य तीन जना बालबालिकामा पनि यस्तै लक्षण देखिएको छ । डाक्टरहरूले उनीहरूको अवस्थालाई लगातार निगरानी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण