सरकारले राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गर्यो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन् । बुधबार पार्टी मुख्यालय च्यासलमा पोलिटब्युरो बैठक समापन समारोहमा बोल्दै उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गरेको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए ।
प्रधानमन्त्री ओलीले सरकारप्रति जनताको विश्वास बढ्दै गएको भन्दै त्यसलाई अझै उचाइमा पुर्याउन सरकार लागिपर्ने बताएको गौतमले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरंकुश, अराजक, अनुशासनहीनता स्वीकार्य नहुने कुरा पनि बताएको गौतमले बताए ।
उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमालेको बिचमा सहमति गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने जो काम गरेर जनतालाई आश्वास्त गर्ने काम गरेका छौँ । सरकार जनताप्रति विश्वस्त छन् भन्नुभएको छ । अहिले समाजमा भएका जुन खालका अराजकता, अनुशासनहीनता बढिराखेको छ । हामी नागरिक सर्वोच्चता चाहन्छौँ । विधिको शासन मान्छौँ ।’
अध्यक्ष ओलीले मुलुकलाई समृद्ध नेपाल: सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण