शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

बिहीबार, २० भदौ २०८१, १५ : ५३
बिहीबार, २० भदौ २०८१

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । 

देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेका छन् अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको जनाएको छ । 

नेपालमा अहिले ठूलो संख्यामा कम्पनीहरू संचालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नै हुँदैन । त्यसैगरि संचालनको क्रममा आवश्यक लेखा प्रणाली, ब्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा संचालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी पनि नहुने गरेको पाइन्छ। 

कुन सेवाका लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा नहुन समस्या छ । जसका कारण स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि एकद्वार प्रणाली सेवा ल्याएको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले जनाएको छ ।

कम्पनीले भनेको छ- 'एकद्वारा प्रणाालीअनुसार कम्पनी ब्यवस्थापन गर्न, लेखा प्रणाली र परिक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्स बाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौंतारिरहनुपर्दैन । साथै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन सकिन्छ । त्यसै गरि बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न गराउन बिभिन्न ठाउँमा जानु पर्दैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप