आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

६ बालबालिका बने ‘डीएसए स्टार २०२४’  विजेता

शुक्रबार, २१ भदौ २०८१, ११ : ५८
शुक्रबार, २१ भदौ २०८१

काठमाडौँ । १४ औँ संस्करणको ‘डीएसए स्टार २०२४’ को विजेता घोषणा गरिएको छ । परिवर्तन इभेन्ट हाउसले राजधानीमा एक कार्यक्रम गर्दै उमेर समूहगत विजेता घोषणा गरेको हो । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अदिसु थापा विजेता हुँदा गिर्वानी शाह ‘फस्ट रनर अप’, सुवासिनी भट्टराई ‘सेकेन्ड रनर अप’, आर्सी भण्डारी ‘थर्ड रनर अप’ र लिजियन शेर्पा ‘फोर्थ रनर अप’ भए ।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ क्लारा श्रेष्ठले उपाधि जित्दा डेभिड तामाङ ‘फस्ट रनर अप’, रितिका गिरी ‘सेकेन्ड रनर अप’, एल्भिस तामाङ ‘थर्ड रनर अप’, भीषण विक्रम शाह ‘फोर्थ रनर अप’, प्रज्ञा खनाल ‘फिफ्थ रनर अप’ र इशानी गौतम ‘सिक्स्थ रनर अप’ बने ।

यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ मिङ्की शेर्पा विजेता हुँदा आयुष शाही ठकुरी ‘फस्ट रनर अप’ र अबिनय श्रेष्ठ ‘सेकेन्ड रनर अप’ भए । ‘जुनियर एक्टिङ स्टार’ तर्फ छेदेन लामाले उपाधि चुम्दा विशेष घिमिरेले ‘फस्ट रनर अप’ र आज्ञा शाहीले ‘सेकेन्ड रनर अप’मा चित्त बुझाए ।

‘प्री–टीन डान्सिङ स्टार’ तर्फ केशाङ ल्हामु लामा विजयी हुँदा इशानी कुलुङ ‘फस्ट रनर अप’, आशिका खड्का ‘सेकेन्ड रनर अप’, प्रमिश सुनुवार ‘थर्ड रनर अप’, स्मृति खड्का ‘फोर्थ रनर अप’, युमिका तामाङ ‘फिफ्थ रनर अप’ र श्रेया श्रेष्ठ ‘सिक्स्थ रनर अप’ भए ।
यस्तै ‘प्री–टीन सिङगिङ स्टार’ तर्फ एन्जल श्रेष्ठले ताज जित्दा जेबिसा श्रेष्ठ ‘फस्ट रनर अप’, आयुषा कुलुङ ‘सेकेन्ड रनर अप’ र कासुमी लामा ‘थर्ड रनर अप’ भए ।

त्यस्तै ‘प्री–टीन एक्टिङ स्टार’ तर्फ इशान्त कनुजेले जित्दा आलिया पाठक ‘फस्ट रनर अप’, सौगात थापा ‘सेकेन्ड रनर अप’ र प्रज्ञा थापा ‘थर्ड रनर अप’ भए । त्यस्तै ‘मिनी सिङ्गिङ स्टार’ तर्फ अंशुमान खत्री विजेता भए ।

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, साउथ वेस्टर्न कलेजका राजेन्द्र लामिछाने, सङ्गीतकार दीपक शर्मा, हर्लिक्स नेपाल कन्ट्री हेड (युनिलिभर इन्टरनेसनल–न्यूट्रेसन) प्रमुख आशिष अग्रवाल, म्युजिक भिडियो निर्देशक विक्रम चौहान र गायिकाद्वय सुमित्रा कोइराला तथा रितु कँडेल प्रतियोगितामा निर्णायक थिए ।

परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले फाइनल अघि १ सय ८० बालबालिकालाई ४५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षण दिइएको बताइन् ।  प्रतियोगिताका विजेताले सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउने आयोजकले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप