सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
संस्मरण

मेरो घाम जो अस्तायो- २

शनिबार, २२ भदौ २०८१, १२ : ३०
शनिबार, २२ भदौ २०८१

मेची किनारको चितामा तीन घण्टाअघिसम्म अचल र अवाकै भए पनि मेरो सानो घाम सग्लै थियो । त्यही पनि अब खरानी भयो । पातलिँदै गएको धुवाँ आकाशमा पुतपुताइरहेकै थियो । मत्र्यलोकमा मेरो जेठो दाजु पनि थियो भन्ने कुराको अन्तिम सबुत थियो त्यो । त्यो हेरेँ र एकटकले शून्य दृष्टि लाइरहेँ । अनि धुवाँबाट झरेर स्मृतिका अरु लहरहरू मेरो उद्वेलित मानसमा क्रीडा गर्न थाले ।

घरमाथि एक घण्टाको बाटोमा हाम्रो भस्मे थियो । जब मकै पाक्थे, दाजु कुममा नाम्लो भिरेर र हातमा हँसिया बोकेर बाँदर रूँघ्न बिहान सखारै उकालो लाग्थ्यो । ‘जाने हो, केटा ?’ ऊ मलाई सोध्थ्यो ।

‘जान्छु’ भन्दा नभन्दै म उसको अघि लागिसक्थेँ ।

‘भो, तँ नजा,’ कुद्दै आएर मलाई च्याप्प समातेर ऊ जिस्किन्थ्यो ।

‘नाइँ, जान्छु,’ उम्किन खोज्दै म जिद्दी गर्थें ।

‘नजा, तँलाई बाँदरले चिथोर्छन् ।’

‘बाँदरलाई म ढुङ्गाले हान्छु ।’

‘मान्छे ६ तीन बित्ताको, ढुङ्गाले हान्छु भन्छ । तँलाई उपद्र्याहा ।’

भस्मेको बिचमा घामपानी छेक्ने टहरो थियो । त्यहाँ दाजु बाँसका ढुङ्ग्राले फ्वाँफ्वाँ आगो फुक्थ्यो । नाकमा धुवाँ पसेर निसासिँदै र स्याँकस्याँक गर्दै ऊ आगैमा सिँगान चुहाउँथ्यो । र पोलेको मकै भाँचेर भन्थ्यो, ‘तँ टुप्पी खान्छस् कि फेद खान्छस्, हाव केटा ?’

सानो पटुकामा उसले ६ सय कम्पनी बेरेर गाँठो पारिदियो । मैले त्यो दामी पटुका बाँधेँ । उसले अलिकता खुजुरा पैसा गोजीमा हालिदियो । र भन्यो, ‘हेर् केटा, फुर्मासी खर्च नगर्नू । भोकै नबस्नू । मजस्तो नहराउनू ।’

‘म फेद खान्छु ।’

‘फेद नखा, तेरो भुँडी फुट्छ ।’

‘नाइँ, खान्छु ।’

‘टुप्पीभन्दा सानो छ, बड फेद खान्छु भन्छ । तँलाई उपद्र्याहा ।’

मलाई हेर्दै ऊ बडेमाको फेद खान थाल्थ्यो । म खिस्रिक्क परेर ख्याउटे टुप्पी टपक्क टिप्थेँ ।

एक दिन उल्का भयो, मेरो दाजु पहिलोचोटि रोयो । खडेरी परेको वर्षा याम थियो त्यो । ऊ घरदेखि धेरै तलको पीपलबोटे खेतमा पानी लाउन गएको थियो । दिउँसै घर फक्र्याे ऊ । र ऊ पिँढीको खाटमा बसेर घँुक्कघुँक्क रोयो । उसको दाइने गालो भुक्क फुलेको थियो । दाइने आँखो रातो न रातो भएको थियो । र आँखामुनि नीलडाम बसेको थियो ।

‘तँ लडिस् कि क्या हो, बुङ्चे ?’ बाले सोधे ।

‘मलाई गोल्फेले कुटो,’ हिक्काको बिचबाट उसले भन्यो ।

‘हँ ! तँलाई किन कुटो गोल्फे बजियाले ?’

दाजुले रुँदै कारण खुलायो । कुराको चुरो मैले बुझिनँ । मेरी आमा, बा त उत्निखेरै रिसले आगो पो भए ! आँगनमा घुम्दै मुर्मुरिए । 

यतिका दिन दाजुको बाटो हेर्दै बसेकी जेठी भाउजू ल्याउनु नै उत्तम हो भन्ने मत बनाउन यत्न गरेँ । दाजुले मान्यो । बुढेसकालमा फेरि तिनको मिलन भयो । अफालिएकी भाउजूलाई दाजुले वरण गरेको दिन मेरो जीवनको भयङ्कर आनन्दको दिन थियो ।

‘तँलाई गोल्फे बजिया ।’ बा कुर्लिए, ‘तेरो छाला तर्न नसके म नरप्रसादको छोरो हुइनँ, ए रात्तै ।’

नाताले गोल्फे हाम्रा बुढा मावलीपट्टिको दाजु पथ्र्यो । हाम्रो खेतमास्तिर उसको खेत थियो । त्यो गोल्फेले दाजुलाई भकुर्‍यो । लौ है, अब बाले गोल्फेलाई बिताउने भए, मलाई त्यसैत्यसै डर लाग्यो ।

भोलिपल्ट बिहान बा रिसको पर्वत बोकेर निसाप खोज्न माथि चतुरे बजारतिर उकालो लागे । दुई दिनपछि साँझपख बा टुप्लुक्क आइपुगे । साथमा दुईजना पुलिस थिए । शिरमा थ्याच्च परेका राता टोपी, ओठमा झुसिल्किरे जुँगा, हातमा छोटा डन्डी । ती पुलिस हेर्दैमा डरलाग्दा थिए । पुलिसले आमाले पस्किदिएको मेजमान डम्फ्याए । बाले पुलिससित साउतीको भाकामा केके सल्लाह गरे ।

लौ है, गोल्फे पक्कै मारिने भो । मलाई झन् डर लाग्यो ।

बिहान भालेको डाकमा बा र पुलिस उँधोतिर लागे । र घाम झुल्किने बेला ती फर्के । बा अघिअघि थिए, गोल्फे दुईजना पुलिसको माझमा थियो । उसका हात डोरीले पछाडि बाँधिएका थिए र पछाडिको पुलिसले डोरीको छेउ समातेको थियो ।’

हरे, त्यत्रो थामतिघ्रे लाठे त्यसरी टन्टनी बाँधिएको छ । डरले त्यसैत्यसै कालोनीलो भएको छ ऊ । मलाई कता भागुँ, कता लुकुँ भयो ।

उसलाई खुकुलो गरी पिँढीको थाममा बाँधे । आतेसको भावमा म एकटकले हेर्दै छु । दाजुले ऊसँग पीडित आँखा जुधाउन खोज्यो । बाहुबली गोल्फेका आँखा भुइँमा लत्रिए । तरकमरक गर्दै एउटा पुलिस बम्क्यो, ‘तँ हात छाड्ने, साला !’

र ऊ हात बत्ताएर गोल्फेलाई गालामा झापट दिन थाल्यो । एक झापट, दुई झापट, तीन झापट । बरा गोल्फे थचक्कै बस्यो र उसले पिँढीमै तुरुक्क मुत्यो ।

भो, नकुट भन्दै आमा कराइन् र कुटाइ साम्य भयो ।

पछि गोल्फेले दाजुका पाउमा पाँच रुपैयाँ राखेर ढोग्यो । भन्नलाई त्यसरी ढोगाएको दाजुको शिर उठाउन थियो, तर उसको शिर उठेको मैले देखिनँ । ऊ बेचैन थियो, खिन्न थियो, उद्विग्न थियो ।

गाउँमा भने ऊ नेपालाँ जागिरे भो भनेर कत्रो हल्लिखल्ली भो ! एक वर्ष आलु–प्याजको जागिर खाएपछि दाजुलाई लाग्नुसम्म विरक्त लागेछ । र ऊ हरायो । जोगबनीसम्म आएको सुइँको पाइयो, त्यसपछि बेपत्ता । कहाँ गयो, के भयो, जिउँदै छ कि मर्‍यो, केही थाहा भएन ।

पन्ध्र सालमा हाम्रा बा ज्यान छाडेर चुनावमा लागे । उनका उम्मेदवार थिए काङ्ग्रेसी भनिने प्रेमराज आङ्देम्बे । उता बाका आङ्देम्बेले चुनाव जिते, यता बाको नाक घिरौँलोजत्रो भयो । पछि मन्त्री भएर प्रेमराज हाम्रो गाउँ आए । बाहरूले घोडा लिएर गएर उता फिदिमदेखि मन्त्रीको सवारी चलाए । बोको काटेर मन्त्रीलाई मासुभात खुवाए । र बा बिरालोझैँ उनका खुट्टावरिपरि लुटपुटिए । नाथे मन्त्रीका मुखेन्जी निहुरिँदै, इँः–इँः, मि–मि गर्दै बाले यति साह्रो हत्ते किन हालेका होलान् भनेको त उनको दाउ अर्कै रहेछ । मन्त्रीलाई बिदा गरेर बा मखलेल मुद्रामा घर फर्के । र संसारै जितेझैँ गरी भने, ‘मन्त्रीले हाम्रा बुङ्चेलाई जागिर मिलाइदिने भो ।’

दाजु जागिर खान ऊ बेलाको नेपाल गयो । भन्नु मात्रै जागिर, नेपालमा त दाजुको बिजोकै पो भएछ लौ । यताको आलुको बोरा बोकेर उता पुर्‍याउनु, उताको प्याजको बोरा बोकेर यता ल्याउनु । बस्, त्यही हो राजाका गाउँमा दाजुको जागिर ।

गाउँमा भने ऊ नेपालाँ जागिरे भो भनेर कत्रो हल्लिखल्ली भो ! एक वर्ष आलु–प्याजको जागिर खाएपछि दाजुलाई लाग्नुसम्म विरक्त लागेछ । र ऊ हरायो । जोगबनीसम्म आएको सुइँको पाइयो, त्यसपछि बेपत्ता । कहाँ गयो, के भयो, जिउँदै छ कि मर्‍यो, केही थाहा भएन ।

हाम्रो घर शोकाकुल भयो । बेलुका पकाइतुल्याइ गरेर, खुवाएर, बाँकी रहे खाएर र भाँडा–बटुका माझेर लखतरान परेकी हाम्री आमा मझेरीमा बसेर सधैँ रुन्थिन् । आमाका आँसुमा बग्दै हाम्रो दाजु दिनैपिच्छे मथ्र्यो ।

‘फिक्री नगर्नू, त्यो आउँछ,’ आमालाई ढाडस दिन बा सम्झाउँथे, ‘एक न एक दिन त्यो घर सम्झेर आउँछ ।’

तर ऊ आएन । एक वर्ष बित्यो, डेढ वर्ष बित्यो, दुई वर्ष बिते । न ऊ आयो, न त उसको चिठी नै आयो । र बाले पनि लामो सुस्केरा हाल्दै माया मारे ।

आखिर एक दिन उसको चिठी आयो ।

‘यो पढेर सुना त, कान्छा,’ मलाई चिठी दिँदै बाले अह्राए । 

मैले पढेँ—

श्री गणेशाय नमः । स्वस्ती श्री छ पूज्य बुबा लक्ष्मीप्रसाद सङ्ग्रौला र पूज्य आमालाई म छोरो रङ्गनाथ संग्रौलाको साष्टाङ्ग दण्डवत् छ । उप्रान्त यहाँ मलाई सन्चै छ । भगवान्का कृपाले ताहाँ पनि सबैलाई निकानन्दै होला ।

चिठीमा त्यसपछि उसले नेप्पाले जागिरको रामकहानी सुनाएको थियो । उही आलुदेखि प्याजसम्म र प्याजदेखि आलुसम्मको रोउँ–रोउँ लाग्ने रामकहानी । आलु–प्याजको तोडले विरक्तिएर ऊ मुग्लान भास्सिएछ । ऊ रन्थनिँदै आसाम पुगेछ । र डिब्रुगडको गोर्खा राइफल्सको जी÷८२२१६ नम्बरको लाहुरे भएछ । लाहुरको सगर्व बयान गर्दै उसले लेखेको थियो—

मेरो महिनावारी तनखा कम्पनी नब्बे रुपैयाँ छ । मैले भर्खरै कम्पनी नब्बेई रुपैयाँमा एउटा टिटस घडी किनेको छु । छुट्टी मिलो भने आगे साल म घर आउँछु ।

उसको चिठी इति संवत् हुँदै शुभम्मा पुगेर टुङ्गिएको थियो ।

यसरी चिठीमा मरेको मान्छे बाँचेर आयो । र हाम्रो घरमा हुनुसम्म हर्कबढाइँ छायो । फलानाको छोरो लाहुरे भएछ भनेर गाउँभरि थामीनसक्नु हुइयाँ पिटियो । तर पछि कुराको गुह्य खुल्यो । लाहुरे त लाहुरे, मेरो दाजु त राइफल चलाउने होइन, डाडुपुन्यु चलाउने र भाँडा मस्काउने लाहुरे पो भएछ !

माउवादी पार्टी कसरी उसको भयो ? म घोत्लिएँ । र मलाई लाग्यो, उसको मुखबाट वर्ग बोलिरहेछ । ऊ कब्जाकारी थियो । उसले पर्ती जग्गा कब्जा गरेको थियो । र नै कब्जाकारी भनिने माओवादीलाई उसले आफ्नो पार्टी ठान्यो क्यार । 

म तमोर नदीपारि आईए पढ्दै गर्दा वर्ष दिनजति थलिएर बा खसे । अब घरको सगर जेठोबाठोले थाम्नुपर्ने भयो । र दाजु पल्टनमा नाम कटाएर घर फक्र्यो । ऊ आफ्नै छायाजस्तो भएर दिउँसोपख घर आइपुग्यो । उसले मलाई गम्लङ्ग अँगालो मार्‍यो । मेरो ढाड सुमसुम्यायो । र ‘मर्ने बेलाँ मैले बाउलाई दुई थोपा पानी खुवाउन पाइनँ । मैले दागबत्ती दिन पाइनँ’ भन्दै दोस्रोचोटि ऊ रोयो ।

ऊ बेला आईएको जाँच त विराटनगरमा पनि दिन पाइन्थ्यो तर मलाई काठमाडौँ जान रहर लाग्यो । त्यहाँ सुखदुःखमा मलाई साथ दिने केही सहपाठी र कुटुम्ब थिए । दाजुले ‘हुन्छ, जा’ भन्यो । सानो पटुकामा उसले ६ सय कम्पनी बेरेर गाँठो पारिदियो । मैले त्यो दामी पटुका बाँधेँ । उसले अलिकता खुजुरा पैसा गोजीमा हालिदियो । र भन्यो, ‘हेर् केटा, फुर्मासी खर्च नगर्नू । भोकै नबस्नू । मजस्तो नहराउनू ।’

मेरा लागि त्यो ६ सय कम्पनी आकाङ्क्षाका पखेटा चाल्दै सपनाको रङ्गीन संसारमा प्रवेश गर्ने साँघुसरह थियो । त्यसले मलाई काठमाडौँ पुर्‍यायो । त्यसले मलाई जीवनको फराकिलो क्षितिज उघार्न सघायो ।

ट्युसन–स्युसन आदि दुःखजिलो गर्दै म काठमाडौँ बसेँ । मैले यतै पढेँ । र पछि म लमजुङ, तनहुँ आदिमा मास्टर भएँ । म जहाँजहाँ जान्थेँ, दाजु मलाई खोज्दै टुप्लुक्क आइपुग्थ्यो । एक दिन ऊ तनहुँको टुहुरेपसलमा आयो । म नेवार्नीको होटलमा खाना खान्थेँ । दाजु पर्‍यो जेनतेन साक्षर र सोझो बाहुन । अब भान्साको मेसो कसरी मिलाउने होला ? मलाई पर्‍यो फसाद । 

‘तैँले खाको मैले खानुहुँदैन र केटा ?’ मुसुमुसु हाँस्दै उसले भन्यो । तब न मेरो दाजु ! दङ्ग पर्दै म पनि मुसुमुसु भएँ ।

‘हाव कान्छा,’ बाटो लाग्ने बेला ऊ भन्थ्यो, ‘अलिकता खर्च दिन्छस् कि ?’ म पाँच सय, हजार रुपैयाँ उसका हातमा राखिदिन्थेँ । सन्तुष्ट र प्रशन्न भएर ऊ बिदा हुन्थ्यो । मेरो गच्छेले नभ्याउने माग उसले मसँग कहिल्यै गरेन ।

म गएँ । म पुग्दा आमा निदाएकी रहिछन् । भान्सा कोठाको खाटमा म बसेँ । दाजुले मलाई शङ्कालु दृष्टिले माथिदेखि तलसम्म सर्लक्क हेर्‍यो ।

पहाड छाडेर दाजु मोरङ झर्‍यो । यसो लकडी चोरचार र बेचबिखन गरेर उसले रन्जनीमा काठेघर बनायो । टाठाबाठाका पछि लागेर ऊ काँकडभिट्टा पुग्यो । र पर्ती जग्गा कब्जा गर्ने अभियानमा उसले पनि करिबन दस बाई बीस फिट क्षेत्रफलको मुखियाको ठुलो लगौँटीजत्रो जग्गा कब्जा गर्‍यो । र त्यसमा एकतले काठेघर बनायो । भुइँतलामा परेवाका गुँडजस्ता दुईवटा  कौल पनि बनाइहाल्यो । एउटा कौल भाडामा दियो, अर्कोमा आफैँले खœयाकखुत्रुकको दोकान थाप्यो ।

छाँटले यो जिन्दगी खाली बस्न होइन भन्ने उसको अटल विचार थियो । अनेक यत्न गर्दै उसले एउटा पावर टेलर किन्यो । र आफैँ चलायो । कहिले खुट्टो मर्कायो, कहिले हात भाँच्यो । एक नम्बरी र दुई नम्बरी अनेक थरी धन्दा गर्दै उसले अलिकता जेथो जोड्यो ।

बाउन्न सालको कुरा । उता सुदूर गाउँमा माओवादीले विद्रोहको शङ्खघोष गर्‍यो, यता काठमाडौँ संसदीय शाही सत्ताले मलाई बेपत्तै पारुँलाझैँ गरी पक्राउ गर्‍यो । म छुटेपछि दाजुको फोन आयो । उसले भन्यो, ‘तँलाई मारे भनेर पिरैपीरले आमा मर्ने भइन् । आमालाई मुख देखाउन कसै गरी तँ आइज ।’

म गएँ । म पुग्दा आमा निदाएकी रहिछन् । भान्सा कोठाको खाटमा म बसेँ । दाजुले मलाई शङ्कालु दृष्टिले माथिदेखि तलसम्म सर्लक्क हेर्‍यो ।

‘तँलाई कुटे ?’

‘कुटेनन् ।’

‘खोइ, सर्ट फुकाल् त !’

म चुप लागेर बसिरहेँ । उसले मेरो सर्ट माथि सारेर डँडेल्नो जाँच्यो । तलदेखि माथिसम्म यसो थिच्दै दुख्या छ कि भनेर सोध्यो पनि ।

‘तँलाई चाकमा कुटे होलान् ।’

‘कुटेनन् ।’

उसले मेरो चाक पनि छाम्यो । र गौड गरेर मेरो आँखो हेर्दै भन्यो, ‘खोइ, चेस्मा फुकाल् त, केटा ।’

मेरो दाहिने आँखो पाकेको थियो ।

‘तँलाई आँखामा कुटेछन्,’ उसले भन्यो ।

म चुप लागेर बसिरहेँ ।

मेरो पाकेको आँखो हेर्दै उसले अनिष्टको सङ्केत गर्‍यो, ‘तिनले कुन दिन तँलाई मार्छन् ।’

अनि लामो सास फेर्दै किञ्चित उत्तेजित स्वरमा उसले उद्घोष गर्‍यो, ‘तँलाई मार्नेलाई म काट्छु ।’

आमालाई ढोगेर, उनका चित्तको ताप मत्थर पारेर र आसिक थापेर म बाटो लागेँ ।

दाजुसँग निकै लामो अन्तरालपछि मेरो भेट भयो । ऊ बिमारले गलेको सुनेर म हान्निदै भेट्न गएको थिएँ । म पुग्दा ऊ लमतन्न सुतिरहेको रहेछ । मलाई देखेर ऊ फूर्तिसाथ उठ्यो । र दुलही र भतिजाभतिजीको हालखबर सोध्यो ।

दाजुको जिउ निम्छरो थियो, सधैँको सिसुपाल । पेटको विकार, खोकी, धम्की आदि त उसका अभिन्न अङ्गजस्ता भइसकेका थिए । भतिजो गौरव उसलाई कुदाएर कहिले सिलिगुडी पुर्‍याउँथ्यो, कहिले धरान ।

‘तँ कति दिन बस्छस्, कान्छा ?’

‘दुई–तीन घण्टा ।’

‘हैन, जहिले पनि तँलाई कति हतार हो ! कि यो मेरो खोरमा बस्न निसास लागेर हो, केटा ?’

‘काँ हुन्थ्यो, बूढा ?’

ऊ बाहिर निस्क्यो । र एक्कैछिनमा फर्केर आयो । अनि ऊ त गाँठे, मासु पकाउन पो थाल्यो ।

‘जिउ छ त्यस्तो, के हत्ते हालेको हो यो ?’ स्टोभ बालिदिन खोज्दै मैले भनेँ ।

‘तँ दुब्लाइछस्, कान्छा । अलिकति मासु खार जालास् भनेर ।’

म चकित भएँ ।

दाजुको जिउ निम्छरो थियो, सधैँको सिसुपाल । पेटको विकार, खोकी, धम्की आदि त उसका अभिन्न अङ्गजस्ता भइसकेका थिए । भतिजो गौरव उसलाई कुदाएर कहिले सिलिगुडी पुर्‍याउँथ्यो, कहिले धरान । तर अस्पतालबाट घर फक्र्यो कि एय्या–आत्थो गर्दै ऊ काममा जोतिइहाल्थ्यो । ऊ नबाँच्ने भो भनेर एकपटक त वैतरणी समेत गरिएछ । तर ऊ फेरि तङ्ग्रियो । र कालो चस्मा लगाएर ढल्किँदै तिहारमा बहिनीहरूका हातको टीका लगाउन गयो । त्यहाँ कुरैकुरामा उसले भनेछ, ‘हाम्रो खगेन्द्रे मान्छेचैँ ठुलो भयो तर हामीलाई चैँ बिस्र्यो ।’

दाजुले चित्त दुखाएको सुनेर मेरो चित्त दुख्यो ।

केही महिनापछि ऊ फेरि थला पर्‍यो र भतिजाले कुदाएर फेरि धरान पुर्‍यायो । उपचार खर्च भनेर मैले भान्जा प्रभातका हातमा दस हजार रुपैयाँँ पठाइदिएँ । नोट हेर्दै र नोटमा तपक्क आँसु झार्दै उसले भनेछ, ‘मेरो भाइले मलाई बिर्सेको रइन्छ ।’

तमोर नदीपारिकी जेठी भाउजू अलिअलि भकभके थिइन् । त्यसैले होला भन्ठान्छु, उनीसँग दाजुको मायामोह दिगो भएन । रन्जनी झरेपछि दाजुले आफूभन्दा निकै कान्छी रुपसी जारी गरेर ल्यायो । पछि ती भाउजू अन्तै लहसिइन् र अर्कैसँग सल्किइन् । रोगी त थियो नै, बुढेसकालमा दाजु फेरि बुङ्गो भयो । ककसको उक्साइमा परेर हो कुन्नि, ऊ तरुनी भिœयाएर आफूलाई छाडिजानेलाई देखाइदिने धुनमा लागेको छ भन्ने गाइँगुइँ सुनेँ ।

अनर्थ हुने भो, बुुढालाई बुढेसकालमा दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले हुने भो भन्ने चिन्ताले म पिरलिएँ । कान्छी बहिनी सुनीतासँग मतो गरेँ । र यतिका दिन दाजुको बाटो हेर्दै बसेकी जेठी भाउजू ल्याउनु नै उत्तम हो भन्ने मत बनाउन यत्न गरेँ । दाजुले मान्यो । बुढेसकालमा फेरि तिनको मिलन भयो । अफालिएकी भाउजूलाई दाजुले वरण गरेको दिन मेरो जीवनको भयङ्कर आनन्दको दिन थियो । र मक्ख पर्दै मैले आत्मालाप गरेँ— मेरो दाजु बुझक्की हो ।

माओवादीको नौ महिने सरकार चित भयो । त्यसको अलि महिनापछि म एउटा कार्यक्रममा झापा झरेँ । र कार्यक्रमबाट थोरै समय चोरेर म मधौरु दाजुको दर्शन गर्न पुगेँ काँकडभिट्टा ।

‘हाम्रो पार्टीको त रामै्र होला नि, हाव कान्छा ?’ दाजुभित्र भूमिगत भएको अर्को दाजु बोल्यो । सपनामा पनि नचिताएको त्यो प्रश्न मलाई कुनै बिरानो मुखबाट निस्केझैँ लाग्यो, तर बोल्ने मुख दाजुकै थियो । मेरो त पार्टी छैन, उसको पार्टी कुन होला ? म जिल परेँ । राजनीतिबारे ऊसँग मेरो कहिल्यै कुरा भएको थिएन ।

‘कुन हाम्रो पार्टी ?’ दुर्दम जिज्ञासा मेरा ओठबाट चिप्लियो ।

‘त्यै क्या त्यै हाम्रो माउवादी पार्टी ।’

माउवादी पार्टी कसरी उसको भयो ? म घोत्लिएँ । र मलाई लाग्यो, उसको मुखबाट वर्ग बोलिरहेछ । ऊ कब्जाकारी थियो । उसले पर्ती जग्गा कब्जा गरेको थियो । र नै कब्जाकारी भनिने माओवादीलाई उसले आफ्नो पार्टी ठान्यो क्यार ।

पछिल्लोपटक म जाँदा ऊ घरबाहिर खाटमा बसेको थियो । काठेघर भत्काइएको थियो र दाहिनेतिर बालुवा, इँटा, गिट्टी र छडका थुप्रा लगाइएका थिए । ढोगभेटपछि जगमाथिको आकाश हेर्दै उसले भन्यो, ‘म पनि पक्की बिल्डिङ ठड्याउने भएँ, हाव केटा ।’

जिउमा हाडछालासिवाय केही थिएन । यसो हेर्दा सास केमा अडिएको होला भन्ने लाग्थ्यो । तर उसको जिजीविषा, उसको उमङ्ग, मेरी बास्सै, त्यो भने भयङ्कर थियो । लगौँटीजत्रो क्षेत्रफलमा उसले चारतले पक्की बिल्डिङ ठड्याएछ । र तलका दुई तला भाडामा लगाएर ऊ दिग्विजयको मुद्रामा तेस्रो तलामा भित्रिएछ । साँझपख ऊ भर्‍याङमाथिको एउटा कुर्सी अटाउने छेउमा बस्दा मेची किनारतिरबाट सरर्र शीतल हावा लागेछ । र उसले भनेछ, ‘म रोगी भएको त तल ताजा हावा खान नपाएर पो रछ । पन्ध्र वर्षअघि यो बिल्डिङ ठड्याउन पाको भए म अझै पन्ध्र वर्ष बाँचेर देखाइदिन्थेँ ।’

मेरो त्यो दाजु, मेरो त्यो घाम, अब त्यो छैन । यी हरफ लेखिरहँदा जि÷८२२१६ को नम्बर टाँसिएको उसको लाहुरे तस्बिर मेरो सामुन्नेमा छ । ऊ मलाई अपलक हेरिरहेछ । ममताले भरिएको विनोदी भाकामा उसले मलाई भन्न खोजेझैँ लाग्छ— तँलाई उपद्र्याहा !’

२०६७

समाप्त

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप