इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु
वीरगन्ज । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सहितको सेवा सुरु गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले साे कार्यालयको उद्घाटन गर्दै नागरिकता वितरणसहितको सेवा सुरु भएको बताए ।
उनले इलाका प्रशासन कार्यालयबाट पासपोर्ट बाहेकको सेवा प्रवाह हुने बताए । सुपौलीबाट नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचयपत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य गरिने बताइएकाे छ ।
कर्मचारीको अभावमा ०७९ सालदेखि इलाका प्रशासन कार्यालय सुपौलीबाट गरिने सेवा प्रवाहको कार्यक्रम रोकिएको थियो । सार्वजनिक सेवा जनताको घरदैलोमा पुर्याउने हेतुले जिल्ला प्रशासन कार्यालयबाट हुने कामको थालनी इलाका प्रशासन कार्यालयबाट गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।
एक जना अधिकृतसहित ७ जनाको टोली राखेर इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । सुपौली इलाकाबाट नागरिकता वितरण सहितको सेवा सुरु भएपछि ४ वटा पालिकालाई प्रत्यक्ष फाइदा पुग्ने जनाइएको छ ।
ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकालाई प्रत्यक्ष फाइदा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि ०७५ सालको पुस महिनादेखि सुपौलीबाट सेवा सुरु भएपनि नागरिकता वितरणको काम भएको थिएन ।
उद्घाटन कार्यक्रममा पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित अन्य सरकारी कर्मचारीका प्रतिनिधि एवम् राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।
यसैबिच सुपौली इलाका स्थापनाका लागि जग्गा उपलब्ध गराउने चार जना जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले जग्गाधनी प्रभु चौधरी, बिन्दु चौधरी, अनरकलिया गुरो र धर्मेन्द्र गुरोलाई सम्मान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण