अस्पतालमा प्रसूतिको बिल तिर्न नसकेपछि नाबालक छोरा बेच्न बाध्य
काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा एक गरिब परिवारले २ वर्षको छोरालाई २० हजार भारतीय रुपैयाँमा बेचेको पाइएको छ ।
बरवापट्टी थाना क्षेत्र अन्तर्गत दशहवा भेडिहारी निवासी हरेश पटेलले आफ्नी पत्नी लक्ष्मीना देवीलाई प्रसूति सेवाका लागि एक निजी अस्पतालमा भर्ना गरेका थिए । सामान्य प्रक्रियाबाट सुत्केरी भएकी लक्ष्मीनालाई डिस्चार्ज गर्ने क्रममा अस्पतालले चार हजार रुपैयाँको बिल चुक्ता गर्न भनेको थियो ।
हरेश पटेलसँग अस्पतालको बिल तिर्न रकम नभएपछि दुई वर्षीय छोरालाई २० हजार रुपैयाँमा बेच्न बाध्य हुनु परेको बताइएको छ ।
यस मामिलामा प्रहरीले अस्पतालको सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार बालक किनबेच गैरकानुनी हुने भएकाले खरिदकर्ताले धर्मपुत्रका रुपमा लैजाने विवरणसहित बालकको पितासँग कागज बनाउन लगाएका थिए । बालक बेचिएको हल्ला फैलिएपछि गाउँमा वास्तविकता बुझ्न गएका एक प्रहरीले समेत पाँच हजार रुपैयाँ असुलेर मामिला साम्य पार्ने प्रयास गरेका थिए ।
सिपाहीले समेत बालक खरिदबिक्रीमा घुस खाएको हल्ला चलेपछि प्रहरीको माथिल्लो निकायले यसबारे गम्भीर अनुसन्धान गर्दा अस्पतालका सञ्चालक, बालक खरिदकर्ता समेत पाँच जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण