काठमाडौँमा विभागले थाल्यो सडकका खाल्डो पुर्ने कार्य
आइतबार, २३ भदौ २०८१, १७ : १२
काठमाडौँ । सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिए ।
‘दसैँ अघि सडक खाल्डाखुल्डी रहित बनाउने हाम्रो लक्ष्य हो । चार दिन अघिदेखि खाल्डा पुर्ने काम सुरु गरिएको छ । देशका विभिन्न सडकहरूको खाल्डोहरू दसैँअघि नै पुर्ने गरी ठेक्का आह्वान भएको छ,’ उनले भने ।
नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर र सोह्रखुट्टेदेखि बालाजु क्षेत्रका सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु
-
‘जनता सुखी भए लोकतन्त्र आफैँ समृद्ध हुन्छ’
-
भाले गैँडा सदर चिडियाखाना पठाइयो
-
उमागौरी सहकारी ठगी प्रकरण: मुद्दाको पेशी चौथो पटक स्थगित
-
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
-
इन्टर मिलान छाडेलगत्तै अल–हिलालसँग जोडिए प्रशिक्षक सिमोन इन्जाघी