बेलायतका नेपाली इन्जिनियरहरूको संस्थामा नयाँ नेतृत्व
लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरूको संस्था 'सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युके' को नयाँ नेतृत्वमा इन्जिनियर सुबोध तिमिल्सिना चयन भएका छन् ।
७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारण सभाले तिमिल्सिनाको अध्यक्षतामा छैटौँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
साधारण सभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ ।
त्यसैगरि, सदस्यहरूमा डा. ब्रम्हानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा र सुजित शर्मा निर्वाचित भएका सोसाइटीले जनाएको छ ।
सोसाइटीले गत २३ अगस्टदेखि ७ सेप्टेम्बरसम्म निर्वाचन कार्यक्रम गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आफ्नो 'भिजन' प्रस्तुत गर्दै बेलायतका नेपाली इन्जिनियरहरूको पेशागत हक हित एवं नेपालमा आफूहरुको सीप र ज्ञान हस्तान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि निवर्तमान अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सचिव सज्ञान खरेलले सञ्चालन गरेको साधारण सभामा पाँचौँ कार्यसमितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।
सन् २००७ मा स्थापित सोसाइटीले आफ्ना सदस्यरतको हितका लागि विभिन्न कार्य गर्दै आएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण