तीन घण्टादेखि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी
सोमबार, २४ भदौ २०८१, १९ : २४

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक तीन घण्टादेखि बालुवाटारमा जारी रहेको छ । सोमबार साढे ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठक अहिले पनि जारी रहेको छ ।
यसअघि पनि अपराह्न ४ बजे सुरु हुने भनिएको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि ढिला भएको थियो ।
सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।