कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता
मङ्गलबार, २५ भदौ २०८१, १२ : ०९

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले दूषित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पुल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १५% छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै