राजनीति
ओलीसँग संवाद गर्न बालुवाटार पुगे रवि लामिछाने
मङ्गलबार, २५ भदौ २०८१, २० : १८
काठमाडौँ । उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने चर्चाकाबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
सभापति लामिछाने केहीबेर अघि बालुवाटार छिरेको स्रोतले जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका थिए ।
संसदमा रानाबारे कुरा उठेपछि पोखरामा पुगेका लामिछाने मंगलबार काठमाडौँ फर्केर प्रधानमन्त्री ओलीसँगको भेटका लागि बालुवाटार पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण