अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल
शनिबार, २९ भदौ २०८१, १६ : १५
पर्थ । अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ वेस्टर्न अस्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो ।
फेस्टिभलका लागि अस्ट्रेलियाका विभिन्न सहरहरूबाट नेपाली समुदाय भेला भए । नेपाललगायत अन्य देशहरूबाट पनि प्रतिनिधिहरू पर्थमा भेला भएका थिए ।
नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम् प्रचार प्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित सुरु भएको फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रम तय गरिएको छ । फेस्टिभलमा विभिन्न जातजातिको पोसाकसहित संस्कृति झल्काउने नाचहरू प्रदर्शन गरियो ।
नेप्लीज एसोसिएसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अस्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख: दुई जनाविरुद्ध ठगी मुद्दा
-
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
-
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
-
फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)
-
अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण