अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल
शनिबार, २९ भदौ २०८१, १६ : १५

पर्थ । अस्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ वेस्टर्न अस्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो ।
फेस्टिभलका लागि अस्ट्रेलियाका विभिन्न सहरहरूबाट नेपाली समुदाय भेला भए । नेपाललगायत अन्य देशहरूबाट पनि प्रतिनिधिहरू पर्थमा भेला भएका थिए ।
नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम् प्रचार प्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित सुरु भएको फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रम तय गरिएको छ । फेस्टिभलमा विभिन्न जातजातिको पोसाकसहित संस्कृति झल्काउने नाचहरू प्रदर्शन गरियो ।
नेप्लीज एसोसिएसन अफ वेष्टर्न अस्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अस्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरूले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?