गिरिबन्धु टिस्टेटको जग्गा कब्जाविरुद्ध अभियान चलाउने लोकबन्धु कन्दङ्वा माओवादी प्रवेश
विराटनगर । झापाको बिर्तामोडस्थित गिरिबन्धु टिस्टेट कम्पनीलाई कब्जा गरि माफियाहरुले प्लटिङ गर्ने काम थालेपछि त्यसविरुद्ध अभियान चलाउने मुख्य अभियन्ता लोकबन्धु कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बसपार्क क्षेत्रमा गिरिबन्धुको ५३ बिगाहा जग्गा प्लटिङ सुरु भएपछि उनले त्यसविरुद्ध अदालतमा मुद्दा हालेका थिए ।
उनी झापाका पुराना कम्युनिस्ट योद्धा पनि हुन् । कन्दङ्वा आज माओवादीले बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका अवसरमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कन्दङ्वाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेर स्थानीय नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको झापाका माओवादी संयोजक राजु आचार्यले जानकारी दिए । कन्दङ्वा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष पनि हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए ।
कन्दङवासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेली पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । माओवादी अध्यक्ष प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै कन्दङ्वाले किसानको, महिलाको, मजदुरको, आदिवासी जनजातिको, उत्पीडित वर्गको, दलितको पक्षमा एजेन्डा उठाउने एक मात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए ।
आफूले ४३ वर्ष एमालेमा बसेर काम गरिरहँदा ती तमाम एजेन्डा एमालेले बुझ्न नचाहेको उनको भनाइ थियो । युद्धको समयमा परिस्थितिवश कतिपयको चित्त दुखेको भए पनि त्यसलाई परिस्थितिजन्य घटनाको रूपमा बुझिदिन उनले आग्रह गरे । एमालेमा छँदा आफू जेलनेल गएकाले आफ्नो लगानी रहेको भए पनि मुलुकको अग्रगमनका काम गर्न नेतृत्वले नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण