अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
आइतबार, ३० भदौ २०८१, १७ : ४८
काठमाडौँ । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूको बैठकमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको यकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले यकिन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण