बाल विकास शिक्षकहरूलाई बुटक्याम्प तालिमका लागि आवेदन माग
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सघन आवासीय तालिम (बुटक्याम्प) मा सहभागी हुन आवेदन आह्वान गरेको छ । बुटक्याम्पमा तालिम लिन चाहने बाल विकास शिक्षकहरूलाई आवेदन दिन भनेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा एक हजार ५०० बाल विकास शिक्षकहरूलाई बुटक्याम्पमार्फत तालिम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । केन्द्रले त्यसका लागि आवासमा बसी उक्त तालिम लिन इच्छुक बालविकास शिक्षकहरूलाई आवेदन दिन भनेको हो ।
त्यसका लागि बालविकास शिक्षकहरुले नियुक्ति मिति, यसपूर्व कुनै तालिम लिएको भए सो तालिमको नाम, अवधि र मिति समेतको विवरण असोज १० गतेभित्र निवेदन माग गर्न भनेको छ ।
यसरी प्राप्त हुन आएको निवेदनको विवरण असोज १५ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन केन्द्रले अनुरोध गरेको छ । स्थानीय तहबाट बुटक्याम्पमा सहभागी हुन आएका निवेदनहरूलाई जिल्लाको समग्र विवरण राख्न ईकाईहरूलाई निर्देशन दिएको छ ।
केन्द्रले यो वर्ष ओशो तपोवन शैलीमा शिक्षकहरूलाई आवासीय तालिम लिन लागेको हो । शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रले पहिलो पटक यस्तो खालको तालिम सञ्चालन गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण