दुई महिनामा सरकारको आम्दानी १ खर्ब ६९ अर्ब, खर्च १ खर्ब ३७ अर्ब
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार दुई महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भएको छ ।
आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड सङ्कलन भएको छ । यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै गैरकरबाट २१ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको छ । दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान प्राप्त भएको छैन । यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य हो ।
दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु शीर्षकमा खर्च भएको छ । १४ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ । वित्तीय हस्तान्तरणमा ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । दुई महिनामा गरिएको खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण