अमेरिकाले बङ्गलादेशलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने
ढाका । अमेरिकाले बङ्गलादेशलाई २० करोड २० लाख डलर अतिरिक्त आर्थिक सहायता दिने भएको छ । ढाका भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिहरूले आइतबार यसको घोषणा गरेका हुन् ।
यो रकमले समावेशी आर्थिक वृद्धिदर र विकास कार्यक्रममा सहायता मिल्ने बताइएको छ । कनिष्ठ सहायक अर्थमन्त्री ब्रेन्ट नेइम्यानको नेतृत्वमा ६ जना अमेरिकी प्रतिनिधिमण्डल हालै ढाका आएका थिए । गत महिना देशव्यापी विरोध प्रदर्शनबिच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेपछि मोहम्मद युनुसले काम चलाउन सरकारको जिम्मेवारी लिएयता यो अमेरिकी अधिकारीहरूको पहिलो भ्रमण थियो ।
सन् २०२२ को शुरुतिर युक्रेनी युद्ध छेडिएयता इन्धन र खाद्यान्न आयातको खर्च बढेर बङ्गलादेशको अर्थतन्त्र थप मारमा परेको छ ।
यस्तोमा अर्थतन्त्रलाई स्थिर बनाउन मद्दतका लागि सरकारले ५ अर्ब डलर सहायताका लागि अनुरोध गरेको गएको हप्ता टेलिभिजनबाट गरेको एउटा सम्बोधनमा युनुसले भनेका थिए । बङ्गलादेशले गएको वर्ष बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ अर्ब ७० करोड डलरको वित्तीय उद्धार लिन खोजेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण