विश्वकप लिग–२ क्रिकेट : युएईलाई हराउँदै अमेरिका चौथो स्थानमा उक्लियो
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको बुधवार खेलिएको खेलमा अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई) लाई १० विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै अमेरिकाले थप दुई अङ्क हात पारेको छ ।
नामिबियामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको युएईले ३१.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन मात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने १५.५ ओभरमा कुनै विकेट नगुमाई विजय लक्ष्य पुरा गर्यो ।
अमेरिकाको जितमा ओपनर एन्ड्रिस गौसले अविजित ६६ रनको योगदान गरे । उनले ५४ बलको सामना गरी एक छक्का र १२ चौका प्रहार गरे । अर्का ओपनर स्मित पटेलले पनि अविजित ३८ रन बनाए । उनले ४१ बलमा पाँच चौका प्रहार गरे ।
त्यसअघि युएईलाई सस्तोमा समेट्ने क्रममा अमेरिकी बलर जसदीप सिंहले चार विकेट लिएका थिए । युएईका लागि राहुल चोपराले सर्वाधिक ३२ रन बनाए । ओपनर ब्याट्सम्यान आर्यान्स शर्माले पनि ३१ रन बटुलेका थिए ।
जितसँगै अमेरिका अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । हालसम्म ६ खेल खेलेको अमेरिकाले चार जित र दुई हारबाट आठ अङ्क जोडेको छ । अमेरिकासँग समान अङ्क भए पनि नेट रन रेटका आधारमा नामिबिया पाँचौँ स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण