कृषि क्याम्पसमा विद्यार्थी कुटपिट घटनामा संलग्नलाई रिहा गरेको भन्दै नेविसंघकाे प्रदर्शन
काठमाडौँ । कृषि क्याम्पस रामपुरमा विद्यार्थीमाथि कुटपिट गर्नेलाई रिहा गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन थालेको छ। भदौ १३ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयमा घटेको घटनाका दोषीलाई कारबाही गर्नुका साटाे रिहा गरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो।
आज बिहान थापाथली क्याम्पसमा नेविसंघले विरोध प्रदर्शन गरेको हो। उक्त घटनामा नेविसंघका केही कार्यकर्ता घाइते भएका थिए।
त्यसपछि घटनामा घाइते भएका पीडितले ६ जना विरुद्ध ज्यान मार्ने र अङ्ग भङ्ग कसुरमा किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो भने ३ जना फरार थिए। पक्राउ परेकाहरू चिरन खनाल, विनोद भण्डारी, प्रसन्न पोखरेल हाजिरी जमानीमा रिहा भएका हुन्।
प्रधानमन्त्रीको दबाबमा सरकारी वकिलको कार्यालय चितवनले प्रहरीलाई पत्राचार गरी छोड्न नमिल्ने मुद्दामा आरोपितलाई हाजिरी जमानी छोडेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण