विद्यालय व्यवस्थापनको चुनावमा कांग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित
विराटनगर । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि कांग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीनवटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो ।
जसमा माओवादी केन्द्र निकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु रहेका छन् । यस्तै कांग्रेस–एमाले गठबन्धनका उम्मेद्वारहरु दुर्गा भण्डारी (कांग्रेस), शान्ता लिम्बू (एमाले), पर्मिला हेम्रङ (एमाले) र इन्दु बस्नेत (कांग्रेस)बाट उम्मेदवार बनेका थिए ।
उनीहरूले ७२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेद्वारले ७ मत ल्याउँदा १२ मत बदर भएको जनाइएको छ । निर्वाचनमा गठबन्धनको चुनाव चिन्ह कलम थियो भने माओवादीको खुल्ला किताब र स्वतन्त्र उम्मेद्वारको घर चुनाव चिन्ह थियो ।
आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । गत असोज १ गते निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै मोरक्को अन्तिम १६ मा
-
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल पेनाल्टी सुटआउटमा
-
वर्षाद् सुरु सुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
-
सानेपाको हरियालीले बढायो सहरी सौन्दर्य (तस्बिरहरू)
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको अतिरिक्त समयको पहिलो हाफ पनि बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण