प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित
काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ । सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा
प्रस्तावित राजदूत भट्टराईका थप कागजपत्रहरू उपलब्ध हुन नसकेको र सांसदहरूको सङ्ख्या अपुग भएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको हो ।
प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।
भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन् । भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण