अमेरिकामा मोदी र जेलेन्स्कीबिच भेटघाट
वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् । दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । यस क्रममा उनलै रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न र शान्ति पुनर्स्थापना गर्ने प्रयासमा सहयोग गर्ने वाचा गरेका थिए ।
संयुक्त राष्ट्र सङ्घ (यूएन)को भविष्य शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् । यस भेटको विवरण दिँदै भारत सरकारको विदेश मन्त्रालयको तर्फबाट सामाजिक सञ्जाल प्लेटफर्मले ‘दुवै नेताबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको भनेर भनेको छ । भेटमा दुई नेताहरूले युक्रेनको अवस्थाबारे छलफल गरेका थिए ।
मोदीले युक्रेन सङ्कट वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहनालाई फेरि दोहोर्याए । मोदी यतिबेला तीन दिने अमेरिका भ्रमणमा छन् । यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत क्वाडका सबै नेताहरूसँग भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण