मधेस प्रदेशमा सरकार बनाउन कांग्रेसले बढायो दबाब, देउवालाई ध्यानाकर्षणपत्र
वीरगन्ज । मधेस प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन नेपाली कांग्रेस मधेस प्रदेशले दबाब बढाउन थालेको छ । केन्द्रीय गठबन्धन अनुसार मधेसमा सरकार बनेको सय दिन क्रस गरेलगत्तै कांग्रेस मधेस प्रदेशले आफ्नो नेतृत्वमा सरकार बनाउन दबाब बढाउन थालेको हो ।
मधेस कांग्रेसका नेताहरुले वीरगन्ज आइपुगेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्दै प्रदेश सरकारको नेतृत्व लिनका लागि पहल गर्न ध्यानाकर्षण गराएका प्रचारप्रसार विभागले जनाएको छ । वीरगन्जस्थित होटल दियालोमा सभापति देउवासँग प्रदेश कार्यसमितिले भेटवार्ता गरेको थियो । मधेस कांग्रेसका सभापति कृष्ण यादवले ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको नेतृत्व लिनका लागि पहल गर्न माग गरेका हुन् ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाली कांग्रेसको सांगठनिक वा सरकार निर्माण सङ्ख्यात्मक भूमिकामा मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको यहाँलाई अवगतै छ, मुलुक सङ्घीयतामा प्रवेश पश्चात् यसको महत्त्व अझै वृद्धि हुँदै गएको छ । मुलुक सङ्घीयतामा प्रवेश पश्चात् संवैधानिक निर्वाचन प्रणालीका कारण गठबन्धनबाट मात्र सरकार निर्माण हुने अवस्था छ । सङ्घीय सरकार र विभिन्न प्रदेशहरूको सरकारको नेतृत्व गर्ने अवसर सभापति ज्यूकै सबल नेतृत्वका कारण कांग्रेसले प्राप्त गरिरहेको अवगत नै छ ।’
मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने विषय अहिलेसम्म प्राथमिकतामा नपरेका कारण कांग्रेसका मतदाताहरूमा निराशा बढ्दै गएको प्रदेश कार्य समितिको ठहर छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘यही ठहरलाई मध्यनजर गर्दै प्रदेश कार्यसमितिको असोज ७ गते बैठक बस्यो, जसमा सभापतिसमक्ष मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार निर्माणमा प्राथमिकताका साथ पहल र अवसरका लागि ध्यानाकर्षण गराउने भन्ने निर्णय भयो । जसअनुरूप यसतर्फ सिङ्गो पार्टी र सभापतिको गम्भीर ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण