सरकारले कुनै पनि क्षेत्र र भूगोललाई विभेद गर्दैन : मन्त्री दाहाल
जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले कुनै पनि क्षेत्र र भूगोललाई विभेद नगर्ने बताएका छन् ।
रेल तथा सडकका विभिन्न आयोजनाहरूको निरीक्षणका लागि बुधबार जनकपुर पुगेका मन्त्री दाहालले कहीँ र कतै पनि विभेद नगरी विकास निर्माणको कार्यलाई गति दिने बताए ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले विकास निर्माणका सवालमा सरकारले कुनै पनि विभेद र पूर्वाग्रह नराख्ने प्रष्ट पारेका हुन् । दूरगामी महत्वका योजना तथा आयोजनाहरूलाई गति दिन सरकार क्रियाशील रहेको भन्दै उनले कुनै पनि कार्यक्रमलाई अवरुद्ध हुन नदिइने समेत बताए ।
मन्त्री दाहालले बिहीबार रेल मार्ग निर्माण र विस्तारका बारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । मन्त्री दाहाल नेतृत्वको निरीक्षण टोलीमा मन्त्रालयका अधिकारीहरू सहित विभिन्न विभागीय प्रमुखहरू समेत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण