सरकारले कुनै पनि क्षेत्र र भूगोललाई विभेद गर्दैन : मन्त्री दाहाल

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले कुनै पनि क्षेत्र र भूगोललाई विभेद नगर्ने बताएका छन् ।
रेल तथा सडकका विभिन्न आयोजनाहरूको निरीक्षणका लागि बुधबार जनकपुर पुगेका मन्त्री दाहालले कहीँ र कतै पनि विभेद नगरी विकास निर्माणको कार्यलाई गति दिने बताए ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले विकास निर्माणका सवालमा सरकारले कुनै पनि विभेद र पूर्वाग्रह नराख्ने प्रष्ट पारेका हुन् । दूरगामी महत्वका योजना तथा आयोजनाहरूलाई गति दिन सरकार क्रियाशील रहेको भन्दै उनले कुनै पनि कार्यक्रमलाई अवरुद्ध हुन नदिइने समेत बताए ।
मन्त्री दाहालले बिहीबार रेल मार्ग निर्माण र विस्तारका बारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । मन्त्री दाहाल नेतृत्वको निरीक्षण टोलीमा मन्त्रालयका अधिकारीहरू सहित विभिन्न विभागीय प्रमुखहरू समेत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलैमा उपचार नगर्दा पाठेघर गुमाउँदैछन् महिला
-
जाली नोट कारोबारमा जेल बसेर छुटेका अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
-
बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
-
न्यायपालिकाको संरचनागत फेरबदल !
-
निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ