प्रचण्डको दाबी– बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाउनुभयो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलायतका प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीकै हैसियतमा चिठी पठाएको दाबी गरेका छन् । बिहीबार अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको शुभकामना दिँदै प्रचण्डले उक्त दाबी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय माओवादीबारे राम्रो छाप परेको उनले जिकिर गरे ।
‘म प्रधानमन्त्रीको हैसियतमा विभिन्न अन्तर्राष्ट्रिय फोरममा जाँदा माओवादीबारे राम्रो प्रभाव परेको देखेँ । अझै प्रचण्ड नभई हुँदै हुँदैन भन्ने उनीहरूलाई छाप परेको छ’, खुलासा गर्दै उनले भने, ‘सरकारबाट हटेपछि बेलायतका प्रधानमन्त्रीले मलाई प्रधानमन्त्रीकै हैसियतमा एउटा चिठी पठाए । बेलायती राजदूतले ल्याएर त्यो चिठी दिनुभएको थियो । म अहिले प्रधानमन्त्री होइन । सरकारबाट हटिसकेँ किन चिठी पठाएको भने । जवाफमा तपाईं प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री सरहकै मान्छे हुनुहुन्छ के फरक पर्छ र भन्नुभयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण