प्रधानमन्त्री ओली र पाकिस्तानका प्रधानमन्त्री शरिफबिच भेटवार्ता
बिहीबार, १० असोज २०८१, २२ : ३१
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफबिच भेटवार्ता भएको छ । बिहीबार अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्रीद्वय ओली र शरिफबिच भेटवार्ता भएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँग पाकिस्तानका प्रधानमन्त्री शरिफको भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ ।
राष्ट्रसङ्घको मुृख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण