विपत्ति
ग्यास चुहिँदै गरेको अवस्थामा बाढीले बगायो बुलेट, च्यासल क्षेत्रमा त्रास
शनिबार, १२ असोज २०८१, ०६ : ५०
काठमाडौँ । अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ ।
प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बताएका छन् ।
ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ ।
प्रहरीले घटनाबारे जानकारी आएपछि थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण