बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, कस्को हो बुलेट, जोखिम कति ?
काठमाडौँ । अविरल वर्षाका कारण खोलाले बगाएर मनोहरामा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ । नेपाल आयल निगमका अनुसार सो बुलेटमा उक्त परिमाणमा ग्यास रहेको हो । निगमका निर्देशक मनोज ठाकुरका अनुसरा सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ ।
उक्त बुलेट पशुपति अटो नामक कम्पनीको हो । यसले ग्यासबाट चल्ने गाडीहरुमा रिफ्युलिङको काम गर्दै आएको थियो । अविरल वर्षाले प्लान्ट नै बगाएपछि बुलेट समेत बगेको पाइएको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।
बुलेटमा ग्यास कम भएको तथा खोलाको बीचमा भएका कारण धेरै जोखिम नरहेको अध्यक्ष घिमिरे बताउँछन् । तर, खोलाको बहाबले बुलेटलाई किनारा लगाइदियो भने यसले असर गर्नसक्ने उनको भनाइ छ ।
सिलिन्डरभित्र ग्यास चाप पानीको भन्दा बढी हुने भएकोले तौल पनि बढी हुन्छ । त्यसैले बुलेट तैरिँदैन । लिक भइरहेको ग्यास खोलाकै बीचबाट उडेर सकिए यसको जोखिम कम हुने घिमिरे बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण