मधेसका मुख्यमन्त्री सिंहले दिए सुरक्षाकर्मीलाई उद्धारका लागि तयार रहन निर्देशन
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगातारको परेको पानीले प्रदेशमा क्षति पुर्याउन सक्ने भएकोले त्यसको सामनाका लागि तयार रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई मुख्यमन्त्री सिंहले शनिवार सो निर्देशन दिएका हुन् ।
शनिवार पूर्वपश्चिम राजमार्गस्थित बागमती लगायत विभिन्न नदीको अवलोकनपछि नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख कालीदास धवोजीलाई उद्धारका लागि तयार रहन निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले दुवै निकायका डिआइजीलाई फोन गरेर भनेका छन्, ‘बाढी बस्तीमा पस्ने खतरा छ, जोखिममा रहेका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ । त्यसकारण मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उद्धारजन्य कार्यका जुट्न पूर्वतयारी गरिहाल्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण