झ्याप्ले खोला पहिरो : जन्ममात्र होइन, मृत्यु पनि सँगै भयो दिपेश–दिपिकाको
बुटवल । स्याङ्जाको गल्याङ नगरपालिका घर भएकी सीता भट्टराई छोराछोरीलाई पढाउन भनेर बुटवलको गोलपार्कमा बस्दै आएकी थिइन् ।
सीताका जुम्ल्याहा छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा अध्ययन गर्दथे । कक्षा पाँचदेखि कालिका मावि अध्ययन गर्न थालेका उनीहरू दुवै अध्ययनमा उत्कृष्टमात्र थिएनन्, अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए ।
कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका उनीहरू यही बिचमा अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन काठमाडौँ हिँडेका थिए । तर उनीहरूको यात्रा धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पुगेर एकसाथ सदाका लागि टुङ्गियो ।
पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बङ्गलादेश जाने योजनामा रहेका उनीहरू शुक्रबार बिहान बुटवलबाट लु१ज ४५७८ नम्बरको विङ्गरमा काठमाडौँतर्फ हिँडेका थिए ।
दुर्भाग्य, उक्त गाडी पृथ्वी राजमार्गको नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो । गाडीसँगै जुम्ल्याहा दाजु–बहिनी दिपेश–दिपिका, उनीहरूकी आमा सीता भट्टराई पनि पहिरोमा पुरिएको खुलेको छ ।

उक्त गाडीमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका छन् । जुम्ल्याहा दाजुबहिनी नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन गइरहेको अवस्थामा सो दुर्घटनामा परेको खबर आएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रातोपाटीलाई बताए ।
उनले भने, ‘उनीहरू निकै राम्रो अङ्क ल्याउने विद्यार्थी हुन् । त्यस अतिरिक्त अहिले नेसनल एस्ट्रोनोमी ओलम्पियारमा भाग लिन काठमाडौँ पठाएको हो, तर दुखद् घटना घटेछ ।’
बङ्गलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुने बताइएको छ ।
उक्त विङ्गरमा सवार १४ जनाको शव निकालेर शिक्षण अस्पताल काठमाडौँमा पठाइएको जानकारी आएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले रातोपाटीलाई बताए ।
उनले टिकटमा स्पष्ट नाम नलेखिएकाले सो गाडीका सबै यात्रुको पूरा विवरण पाउन कठिन भएको उनको भनाइ छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले अस्पतालमा आफ्ना कर्मचारी पठाएको र आफन्तहरू पनि पुग्ने क्रम रहेकाले अब पहिचान खुल्ने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण