बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

यातायातको सहज अवस्था भएपछि ईपीएसको स्वास्थ्य परीक्षण गर्दा हुने

आइतबार, १३ असोज २०८१, १७ : ४७
आइतबार, १३ असोज २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएकाहरूको स्वास्थ्य परीक्षण केही दिन पर सरेको छ । धेरै वर्षासँगै आएको बाढी पहिरोका कारण आवातजावतमा समस्या आएपछि ईपीएस कोरिया शाखाले स्वास्थ्य परीक्षणको मिति सारेको हो ।

अब यातायातको सहज अवस्था भएपछि स्वास्थ्य परीक्षण गराउनुपर्ने कोरिया शाखाले जनाएको छ । ईपीएस भाषा परीक्षा मार्फत उत्पादनमूलक क्षेत्र तर्फको दोस्रो सिफ्टको कोरियन भाषा परीक्षा र स्किल टेस्टमा पास भएकालाई स्वास्थ्य परीक्षणका लागि असोज १४ गतेसम्मको समय दिइएको थियो । बाढी पहिरोका कारण स्वास्थ्य परीक्षण गराउन सहज अवस्था नभएपछि केहिदिन पर सारेको हो ।

अविरल वर्षाका कारण आएको बाढी, पहिरोले ठाउँ–ठाउँमा बाटो अवरुद्ध भई जनजीवन प्रभावित भएकाले तोकिएको समयमा स्वास्थ्य परीक्षण गर्न नसकेकालाई यातायातको सहज र सुरक्षित भएपछि स्वास्थ्य परीक्षण गराउँदा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षण कार्य सकिएपछि मात्रै सम्पूर्ण व्यक्तिहरूको जब एप्लिकेशन फार्म ईपीएस शाखाबाट एचआरडी कोरियाको सफ्टवेयरमा इन्ट्री गरी पठाउने शाखाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्र तर्फको दोस्रो सिफ्टको कोरियन भाषा परीक्षा र स्किल टेष्ट मार्फत आठ हजार १५१ जना पास भएका थिए । तिनीहरूलाई असोज १४ गतेभित्र तोकिएको अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउन भनिएको थियो । तर, बाढी पहिरोका कारण तोकिएको अस्पतालमा सम्पर्क गर्न नसकेका व्यक्तिहरूले सुरक्षालाई पहिलो प्राथमिकतामा दिई यातायातको सहज अवस्था भएपछि मात्रै स्वास्थ्य परीक्षण गराउन भनेको हो । 

461550871_926421786181352_7042186735585345910_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप