विभेद रोक्न माग गर्दै निगमका ‘क्याबिन क्रु’ को प्रदर्शन
काठमाडौँ । नेपाल वायु सेवा निगमका ‘क्याबिन क्रु’ हरूले अन्याय र विभेद भएको भन्दै व्यवस्थापनविरुद्ध विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत ‘क्याबिन क्रु’ हरूले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गई व्यवस्थापनले काम गरेको, न्यायका लागि लड्दा प्रतिशोध साँधेको भन्दै विरोध गरेका हुन् ।
करिब ५० जनाले सोमबार बिहान कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरेका थिए । उनीहरूले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैनजस्ता नारा लेखेका प्लाकार्ड सहित विरोध गरेका छन् ।
सर्वोच्च अदालतले केही महिना अघि कर्मचारीबिच सेवा, सुविधा र सेवा अवधिमा भेदभाव नगर्न निगमका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको अवहेलना गर्दै क्याबिन क्रुलाई अवकास दिन लागिएको, सेवा सुविधामा भेदभाव गरिएको उनीहरूको भनाइ छ ।
सर्वोच्चमा समेत यो विषय विचाराधीन रहेकै अवस्थामा कार्यकारी अध्यक्ष अधिकारीले पूर्वाग्रहपूर्ण ढंगले कारबाही थालेको उनीहरूले बताएका छन् । निगमका १७२ जना क्याबिन क्रु अन्यायमा परेको भन्दै केही महिनाअघि न्यायका लागि सर्वोच्च पुगेका थिए । उनीहरूले पर्यटनमन्त्री बद्री पाण्डेलाई समेत भेटेर भेदभाव रोक्नका लागि आवश्यक पहल गर्न ज्ञापनपत्र बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण