पहिरोमा परेर मृत्यु भएका सेनाका कर्णेल केसीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)
सोमबार, १४ असोज २०८१, १६ : ००
काठमाडौँ । पहिरोमा परेर मृत्यु भएका नेपाली सेनाका बहालवाला कर्णेल (प्रमुख सेनानी) मिलन केसीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटेस्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाएर मृत्यु भएका केसीको सोमबार सैनिक सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
केसीको पार्थिव शरीरमा नेपाली सेनाका उच्च अधिकारी, आफन्तजनले अन्तिम बिदाइ गरेका थिए ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बोच निवासी केसीको पहिरोमा परी निधन भएको थियो । उनको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएको थियो ।
उनीसँगै दुई कोरियनको पनि मृत्यु भएको थियो ।
_L75nlMdPUj.jpg)
_s8fgGkbtbQ.jpg)
1_h7GU6mTWsT.jpg)
_qF18KmdP7r.jpg)
_RXxfvuLoJB.jpg)
_gjvpHp0hbq.jpg)
_zmc5pZVrA9.jpg)
_juiLoGHcDk.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण