रौतहटमा बाढीले दुई जनाको मृत्यु, पाँच हजार ५९५ विस्थापित
रौतहट । अविरल वर्षासँगै गएको बाढीले रौतहतमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० जनाभन्दा बढी विस्थापित भएका छन् । प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो ।
दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो । यस्तै, परोह नगरपालिका–७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ । बाढीमा परेर ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए । ‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ । एक हजार दुई सय ४५ घर डुबानमा परेका जानकारी छ', उनले भने,'जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ । यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन् ।'
विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण