६ जना मृत फेला
मङ्गलबार, १५ असोज २०८१, १२ : ५९

काठमाडौँ । देशका विभिन्न स्थानमा कम्तीमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-८ रानीटार बस्ने ७८ वर्षीय वासुदेव केवट आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ लोसडामा सरावल गाउँपालिका-२ बस्ने ५८ वर्षीय रघुवीर यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, शिवसताक्षी नगरपालिका-७ स्थित कन्काई खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-२६ हिरापुरस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- सिराहा, लहान नगरपालिका-१९ स्थित बलान खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर, बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बाग्मती खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश