६ जना मृत फेला
मङ्गलबार, १५ असोज २०८१, १२ : ५९
काठमाडौँ । देशका विभिन्न स्थानमा कम्तीमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- नवलपरासी पूर्व, मध्यविन्दु नगरपालिका-८ रानीटार बस्ने ७८ वर्षीय वासुदेव केवट आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-८ लोसडामा सरावल गाउँपालिका-२ बस्ने ५८ वर्षीय रघुवीर यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, शिवसताक्षी नगरपालिका-७ स्थित कन्काई खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, भरतपुर महानगरपालिका-२६ हिरापुरस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- सिराहा, लहान नगरपालिका-१९ स्थित बलान खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- मकवानपुर, बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बाग्मती खोलाको किनारामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण