कसैले तर्साउँदैमा हामी तर्सँदैनौँ : बार अध्यक्ष घिमिरे
काठमाडौँ । नेपाल बार एशोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूविरुद्ध अवहेलना मुद्दा दर्ता हुँदैमा आफू नतर्सने बताएका छन् । उनले मंगलबार सुनुवाइ नभएको र कात्तिक १ गते पेसी रहेको जानकारी पाएको र उक्त सुनुवाइमा आफू उपस्थित हुन नसकेपनि अदालतको आदेश स्वीकार गर्ने बताए ।
‘नेपाल बार एशोसियसनले स्वतन्त्र प्रेसको रक्षाका लागि बोल्नुपर्ने छ । भोलि साढे १ बजे हाम्रो आन्दोलन छ,’ उनले भने, ‘कात्तिक १ गते पेशी रहेको सुनेको छु । मैले ल एसियाको कार्यक्रममा भाग लिन जानु छ । २७ गतेबाट सुरु हुने उक्त कन्फ्रेन्समा हुने छु । अदालतले सुनाउने आदेश मैले मान्नुपर्ने छ ।’
अध्यक्ष घिमिरेले बारको र समग्र कानुन व्यवसायीको हौसलामा कुनै कमी नआउने दाबी गरे । ‘हाम्रो हौसलामा कमी आएको छैन । कसैले तर्साउँदैमा हामी तर्सँदैनौँ,’ घिमिरेले भने, ‘न्याय परिषद्को विषय हो । यसमा न्यायालय बोल्न जरुरी थिएन । कुनै संवैधानिक अङ्गका बारेमा बोल्न प्रतिबन्ध लगाउन मिल्दैन ।’
उनले डटेर मुकाबला गर्ने र मुद्दामा प्रवेश गरेकाले अव अदालतबाटै यसको निकास आउने बताए । आफूविरुद्ध कैदकै फैसला भएपनि आफू बस्न तयार रहेको भन्दै उनले नागरिक समाजका संस्थाहरूले बोल्न पाउने अधिकारको रक्षाका लागि आफूले बोलेको दाबी गरे । उनले मर्यादी भाषामा बोल्ने र अहिले पनि त्यही गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण