कसैले तर्साउँदैमा हामी तर्सँदैनौँ : बार अध्यक्ष घिमिरे

काठमाडौँ । नेपाल बार एशोसियसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूविरुद्ध अवहेलना मुद्दा दर्ता हुँदैमा आफू नतर्सने बताएका छन् । उनले मंगलबार सुनुवाइ नभएको र कात्तिक १ गते पेसी रहेको जानकारी पाएको र उक्त सुनुवाइमा आफू उपस्थित हुन नसकेपनि अदालतको आदेश स्वीकार गर्ने बताए ।
‘नेपाल बार एशोसियसनले स्वतन्त्र प्रेसको रक्षाका लागि बोल्नुपर्ने छ । भोलि साढे १ बजे हाम्रो आन्दोलन छ,’ उनले भने, ‘कात्तिक १ गते पेशी रहेको सुनेको छु । मैले ल एसियाको कार्यक्रममा भाग लिन जानु छ । २७ गतेबाट सुरु हुने उक्त कन्फ्रेन्समा हुने छु । अदालतले सुनाउने आदेश मैले मान्नुपर्ने छ ।’
अध्यक्ष घिमिरेले बारको र समग्र कानुन व्यवसायीको हौसलामा कुनै कमी नआउने दाबी गरे । ‘हाम्रो हौसलामा कमी आएको छैन । कसैले तर्साउँदैमा हामी तर्सँदैनौँ,’ घिमिरेले भने, ‘न्याय परिषद्को विषय हो । यसमा न्यायालय बोल्न जरुरी थिएन । कुनै संवैधानिक अङ्गका बारेमा बोल्न प्रतिबन्ध लगाउन मिल्दैन ।’
उनले डटेर मुकाबला गर्ने र मुद्दामा प्रवेश गरेकाले अव अदालतबाटै यसको निकास आउने बताए । आफूविरुद्ध कैदकै फैसला भएपनि आफू बस्न तयार रहेको भन्दै उनले नागरिक समाजका संस्थाहरूले बोल्न पाउने अधिकारको रक्षाका लागि आफूले बोलेको दाबी गरे । उनले मर्यादी भाषामा बोल्ने र अहिले पनि त्यही गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा