वीरगञ्ज नाकाबाट धान–चामल आयात घट्यो
पर्सा । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।
गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ ।
चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।
चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९ दशमलव ५५ प्रतिशतले घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सवारी साधनलाई दुःख दिने तीन जना बिचौलिया पक्राउ
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण