२४ घण्टाभित्र सबै सडक चालु हुन्छन्, ढुक्क भएर गाउँ फर्कनुस् : अध्यक्ष दीपक तिमिल्सिना
गोरखा । गोरखा गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बाढी पहिरोबाट अवरुद्ध भएका सडक २४ घण्टाभित्र सञ्चालन हुने बताएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले गाउँपालिकाका विभिन्न सडक खण्ड अवरुद्ध भएका थिए ।
नजिकिँदै गरेको नेपालीहरूको चाड दसैँमा बिना अवरोध पालिका फर्किन वातावरण बनाउन पालिकाभन्दा बाहिर रहनेहरूलाई उनले आह्वान गरेका छन् ।

‘हाम्रो पालिका गोरखा र धादिङको पनि केही पालिका जाने नाका पालिका भएकाले चाडबाडको बेला घरसम्मको यात्रा सहज होस भनेर सडक सुचारु गरेर जनजीवलाई सामान्य बनाउनु मेरो पहिले प्राथमिकता भएकाले २४ सै घण्टा सडक खुलाउने काममा सक्रिय भएको छु’, उनले भने, ‘वडा अध्यक्षहरू पनि सक्रिय हिसाबले आ–आफ्नो वाडमा खटिनु भएको छ म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु । अबको २४ घण्टाभित्र सबै सडक सुचारु हुन्छन् ढुक्क भएर गाउँ फर्कनुस् ।’

यस्तै उनले गण्डकी गाउँपालिका–४ निवासी नवराज तिवारीको झ्याप्लेखोलाको पहिरोमा परी मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उनले पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि पहल भइरहेको जानकारी दिए । तिमिल्सिनाका अनुसार गण्डकी गाउँ पालिकाभरि पालिकास्तरीय र ग्रामीण सडक गरी १५ वटा सडकमा ५० भन्दा बढी ठाउँमा पहिरो गएको छ । धादिङ र गोरखा गाण्डकी गाउँपालिका जोड्ने २ वटा झोलुङ्गे पुल(धादिङको चरौदी र गोरखाको गण्डकी गाउँपालिका ७ घ्याल्चोक जोड्ने धबादीघाटको पुल, धादिङ रोराङ र गण्डकी गाउँपालिका वाड न ६ जोड्ने हिक्लुङघाट जोड्ने पुल) पूर्णरुपमा क्षति भएको छ । क्षतिग्रस्त झोलुङ्गे पुल निर्माणको लागि प्रदेश र संघ सरकारलाई पालिकाले पत्राचार गरेको उनले बताए ।

यस्तै चितवन इच्छाकामना गाउँपालिका र गण्डकी गाउँपालिका– १ बुट्टार जोड्ने बेलिबृज आंशिकमा क्षति भएकोमा अहिले यातायात सुचारु भएको तिमिल्सिनाले जानकारी दिए ।
पहिरोले पालिकाभरि अवरोध भएका विद्युत् पालिकाको पहलमा अहिले सुचारु भएको उनले जानकारी दिए । अन्य भौतिक संरचनामा भएका क्षतिको विवरण संकलन गरिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण