शिक्षकलाई मासिक रूपमा तलब दिन केन्द्रको ताकेता
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न ताकेता गरेको छ । देशभरका ७५३ वटै पालिकाहरूलाई सूचना जारी गर्दै स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउन भनेको हो ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सब बजेट उपशीर्षकहरूको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवम् मापदण्डको शिक्षकको तलबभत्ता अन्तर्गत बुँदा नम्बर ५ मा मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।
केन्द्रले सोही आधारमा गर्न अनुरोध गरेको हो । शिक्षकहरूले मासिक रूपमा तलब नपाउने व्यापक गुनासो आउने गरेको छ । केन्द्रले यसअघि समेत पटक पटक ताकेता गर्दै शिक्षकहरूलाई मासिक रूपमा तलब दिन आग्रह गर्दै आएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समेत राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय तहहरूलाई शिक्षकलाई मासिक तलब भत्ता उपलब्ध गराउन अनुरोध गरेकी थिइन् ।
मन्त्री भट्टराईले केन्द्रलाई समेत त्यसका लागि आवश्यक कदम अघि बढाउन निर्देशन दिएकी थिइन् । सोही आधारमा केन्द्रले परिपत्र गर्दै मासिक तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाउन भनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण